विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौँ, ६ फागुन । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । […]