दरबार हाइस्कुलमा गुञ्जिए संस्कृतदेखि भोजपुरी भाषाका कविता : सन्दर्भ विश्व कविता दिवस

काठमाडौं : विश्व कविता दिवसका अवसरमा काठमाडौं स्थित दरबार हाइस्कुलको सभा हलमा मंगलवार दिउँसो विभिन्न भाषाको कविता गुञ्जिए। बालसिर्जना मञ्च, भक्तपुरले आयोजना गरेको  'बहुभाषिक कवि गोष्ठी एवम् रचना वाचन कार्यक्रम' कार्यक्रममा आनन्द गुप्ताले भोजपुरी भाषामा कविता वाचन गरेका भने बालकृष्ण श्रेष्ठले दोलखाली भाषामा कविता सुनाए। जिवी नेपालीले दर्जी भाषामा कविता…