नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताएका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताएका हुन् । नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक