काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताउनुभएको छ । आज सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताउनुभएको हो । उहाँले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवाद (जबज) का गफमात्रै हाँकिएको बताउनुभयो । कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्...