काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा एमालेलाई आफ्नो निजी कम्पनीजस्तो ठानेपछि आफूहरुले बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले ओलीका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताएका हुन्। उनले भने, ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता […]