दाङ – विकासको माग गर्दै दाङका एक युवाले बबई गाउँपालिकाको प्राङ्गणमा भोक हड्ताल कार्यक्रम सुरु गरेका छन् । बबई गाउँपालिकाको समग्र विकासको माग गर्दै बबई ७ ढोलपुरका स्वतन्त्र युवा विचारक भक्त डाँगीले गाउँपालिकाको प्राङ्गणमा आज साेमवारदेखि तीन दिने भोक हड्ताल सुरु गर्नुभएकाे छ ।
बबई गाउँपालिकामा बसोबास गर्ने नागरिककाे आधारभूत समस्या लिएर आज असोज १८ गतेदेखि २० गते तीन दिनसम्म भोक हड्ताल कार्यक्रम सुरु गरेको डाँगीले बताउनुभयो । पालिका सरकार आएको पाँच वर्ष पुग्नै लाग्दासमेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभू...