कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/०१६ ब्याचका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीहरू इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्वरुप उनीहरुले बुधबार माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका हुन् । सोमबार र मंगलबार विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका थिए । गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना