इरानी निर्देशक जाफर पनाहीले जेलभित्रै थाले भोक हड्ताल, रिहा गर्न नेपाली निर्देशकको माग

काठमाडौं । प्रभावशाली इरानी फिल्म निर्देशकमध्येका एक जाफर पनाहीले नजरबन्दको विरोधमा राजधानी तेहरानस्थित इभिन जेलमा भोक हड्ताल थालेका छन् । पनाहीकी पत्नी ताहेरेह सईदीलाई उध्दृत गर्दै मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीले जनाएअनुसार ‘द ह्वाइट बलुन’, ‘द सर्कल’ र ‘नो बियर्स’जस्ता फिल्म निर्देशन गरेका कान्स फेस्टिभल अवार्ड विजेता पनाहीले आफूलाई रिहा गर्न अस्वीकार गरिएपछि हड्ताल थालेको जनाइएको […]