दाङ : दाङमा एक युवाले गाउँपालिकामा समग्र विकासको माग गर्दै ३ दिने भोक हड्ताल थालेका छन्।बबई गाउँपालिकामा विकासको माग गर्दै बबई गाउँपालिका–७ ढोलपुरका युवा भक्त डाँगीले सोमबारदेखि तीनदिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका हुन्।स्थानीय सरकार आएको ५ वर्ष पुग्न केही समय बाँकी रहेको बेला उनले चुनावताका घोषणापत्रमा गरेका वाचा र जनतालाई दिएका आश्वासन पूरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै गाउँपालिकाको प्रांगणमा ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको बताए।उनले गाउँपालिका