जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ । भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहनुभएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो …