माओवादी अध्यक्ष दाहाल चितवन जाँदै

काठमाडौं, चैत १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पुन चितवन जाँदैछन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न दाहाल गृह जिल्ला जान लागेका हुन् । त्यस्तै, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा निमार्ण भएको कभर्टहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।