मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंसहित ११ जना रहेका छन् । इलाम नगरपालिकाको मेयरमा धिरेन चेम्जोङ हुनुपर्नेमा सिफारिस भएको नाम भन्दा फरक नाम चयन भएको भन्दै उनीहरुले पार्टी नेतृत्वप्रति चर्को आक्रोश पोखेका छन् । त्यसको विरोधमा इलाम नगरपालिकाका अधिकांश वडाका कार