बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह,कलामुद्दीन अन्सारी,प्रदीप साह,देवराज घिमिरे,रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । साथै सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी