इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा

नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १२ गतेदेखि लागु हुनेगरी अलीले इसेवाको सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।  इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अस्गर अली बाहिरिएका छन् ।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञ समेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत...

सम्बन्धित सामग्री

थप्पड हानेको घटनालाई लिएर अस्कर विजेता स्मिथले दिए एकेडेमीबाट राजिनामा

अस्कर अवार्ड घोषणा चलिरहेकै बेला सञ्चालक क्रिस रकमाथि हात हालेका अभिनेता विल स्मिथले एकेडेमी अफ मोसन पिक्टर अर्ट्स एन्ड साइन्सको सदस्यबाट राजिनामा दिएका छन्। अस्करमा अवार्ड किङ रिचार्ड फिल्मका लागि उत्कृष्ट अभिनेता घोषित भएका स्मिथले लामो वक्तव्य जारी गर्दै एकेडेमीबाट राजिनामा दिएका हुन्। आफूले क्रिसको परिवारदेखि विश्वका दर्शकसम्मको मन दुखाएको…

गोर्खाज फाइनान्सका सञ्चालकको राजिनामा स्वीकृत

काठमाडौं, १९ माघ । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले दिएको राजिनामा स्वीकृत भएको छ । माघ ५ गते सञ्चालक समितिको सदस्यबाट दिएको राजिनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको जनाइएको छ । अग्रवाल गत असोज १८ गते सम्पन्न २६औ वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्वाचित भएकी थिइन् ।

मिर्मिरे लघुवित्तका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं, २६ मंसिर। मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ । श्रेष्ठले दिएको राजिनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले व्यक्तिगत कार्य व्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएका हुन् ।

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक परमेश्वर श्रेष्ठले दिए राजिनामा

असार ३०, काठमाडौं ।  ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठले सञ्चालकबाट राजिनामा दिएका हुन् । गत असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

नेशनल लाईफ इन्स्योरेन्सका सञ्चालक राजिव विक्रम शाहले दिए राजिनामा

असार २९, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक समूहबाट निर्वाचित राजिव विक्रम शाहले सञ्चालक पदबाट राजिनामा दिएका छन् ।सोमवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत  गरेको कम्पनीले  नेप्सेमा पेश गरेको सूचनमा उल्लेख छ ।

गुँरास लाइफ इन्स्योरेन्सका सञ्चालकले दिए राजिनामा

असार १५, काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् ।  उनले  असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

अरुण काबेलीका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा

वैशाख ५, काठमाडौं । अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले सञ्चालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा जारी सूचनामा उल्लेख छ ।