असार १५, काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् ।
उनले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।