असार ३०, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठले सञ्चालकबाट राजिनामा दिएका हुन् । गत असार २९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।