अरुण काबेलीका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा
वैशाख ५, काठमाडौं । अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले सञ्चालक पदबाट राजिनामा दिएका छन् ।
कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा जारी सूचनामा उल्लेख छ ।
काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले अध्यक्ष पदवाट राजिनामा दिएका छन । सोमवार संस्थाका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष अधिकारीले राजिनामा दिएका हुन । अधिकारीले राजिनामा दिएसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लाहोनी लाई दिईएको छ । अधिकारी गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नुवाकोट, तारकेश्वर गाउँपालिकाको अध्यक्ष निर्वाचित […]
The post नाटोज अध्यक्ष अधिकारीले दिए राजिनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, २६ मंसिर। मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ । श्रेष्ठले दिएको राजिनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले व्यक्तिगत कार्य व्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएका हुन् ।
कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार एवं मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज नेपालको संविधान, २०७२ को धारा १६० को उपधारा ४ (क) बमोजिम खनालको राजिनामा स्वीकृत गरेका हुन् ।
दैलेख निवासी अधिवक्ता खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ चैत ६ गते मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ मा प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्यन्यायाधिवक्ताले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजिन...
काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मण घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले हिजो (असोज १४( गतेदेखि लागु हुने गरी सिईओ घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।
काठमाडौं, २३ भदौ । नेकपा (एमाले) सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरुले सापकोटाको राजिनामा माग गर्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले सभामुखले देखाएका चरित्र ठिक नभएको र गैरकानुनी भन्दै राजिनामा माग गर्नुपर्ने धारणा राखेका हुन् । एमसीसी पारित गर्न नहुने पनि उनीहरुले सुझाव दिएका […]