सुर्खेत : कोरोना महामारीको दोस्रो लहरमा परेका अधिकांश बिरामीलाई अक्सिजन अनिवार्य भइसकेको छ।कर्णालीमा प्रतिदिन कोरोनाको नयाँ भेरियन्टका संक्रमित भेटिन थालेका छन्। संक्रमित भेटिने मात्रै नभई उनीहरूको अवस्था पनि गम्भीर बन्दै गएको छ। तर अक्सिजनको चरम अभाव हुन थालेको छ। हाल कर्णालीमा धेरैजसो संक्रमितलाई अक्सिजन दिइरहेको अस्पतालहरूले जनाएका छन्।तर कर्णालीका १० वटै जिल्लामध्ये हाल दुई वटा जिल्लामा मात्र अक्सिजन उत्पादन भइरहेको छ। हालसम्म सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर