वीरगञ्ज– गहुँ खेतीको लागि पर्याप्त मल रहेको सरकारले दाबी गरेपनि प्रदेश नम्बर नं. २ का जिल्लाहरुमा रसायनिक मल डिएपीको चरम अभाव भएको छ। गहुँ खेतीको लागि आवश्यक पर्ने डिएपी मलको अभाव हुन नदिने सरकारले यसअगाडि आश्वासन दिएपनि अहिले प्रदेश नं. २ का जिल्लाहरु पर्सा, बारा रौतहट लगायतका जिल्लाहरुमा मलको अभाव भएपछि किसानहरु चिन्तित बनेका हुन्। […]