अर्घाखाँची समाज जापानद्वारा अस्पताललाई अक्सिजन मेसिन हस्तान्तरण

नेपालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको चरम अभाव भैरहेका बेला जापानमा बसाबास गर्ने अर्घाखाँची जिल्लाबासीहरुको साझा संस्था अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सिजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सिजनको अभाव बढेसंगै कोरोना संक्रमितको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो । कोरोना …