प्रदेश १ मा सिटामोलको चरम अभाव

धनकुटा : कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधि सिटामोल पाउन छाडेको छ।धनकुटालगायत प्रदेश भर एक सातादेखि सिटामोल अभाव भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश १ ले जनाएको छ। सामान्यतयाः ज्वरो र दुखाइ हुँदा सेवन गरिने सिटामोल अहिले प्रदेश १ का अधिकांश जिल्लामा औषधि पसलहरूमा पाउन छाडेको हो। औषधि पसलहरूले सिटामोल किन्न आउने व्यक्तिहरूलाई सिटामोल नभएको भनेर फर्काउने गरेका छन्।कतिपयले सिटामोलजस्तै काम गर्ने अन्य औषधि दिने गरेका छन। देशभर कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। कोरोना संक्रमितल

सम्बन्धित सामग्री

मौद्रिक नीतिमा परिवर्तन आवश्यक : उद्योगी

विराटनगर । बैंक तथा वित्तीय संस्थामा तरलताको चरम अभाव हुनुमा राष्ट्र बैंकको मौद्रिक नीतिमा भएको व्यवस्था कारण भएकाले त्यसलाई तत्काल परिमार्जन गरिनुपर्ने प्रदेश १ का उद्योगी व्यवसायीका प्रतिनिधि संस्थाले बताएका छन् । उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी अहिलेको वित्तीय समस्याको प्रमुख कारण आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति भएको आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्थाको तरल पूँजीलाई निष्क्रिय पारेर निक्षेपको ९० प्रतिशतमात्र लगानी गर्न पाउनेगरी कर्जा निक्षेप अनुपात कायम गरिएकाले बजारमा तरलताको अभाव भएको उनीहरूको ठहर छ। दुवै संस्थाले यस्तो कर्जा निक्षेप अनुपातको प्रावधान खारेज गर्न माग गरेका छन् । लामो समय कोभिड–१९ को महामारीबाट प्रताडित उद्योग व्यवसाय विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको र ब्याजदर वृद्धि भइरहेको भन्दै उनीहरूले उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर एकल अंकमा नबढ्ने गरी कायम गर्न माग गरेका छन् । कर तथा राजस्व एवं अन्य माध्यमबाट बजारबाट सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने पूँजीगत तथा विकास खर्च अत्यन्त न्यून हुँदा बजारमा तरलता अभाव भएको भन्दै उनीहरूले सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी बनाउन माग गरेका छन् । बजारमा नगद प्रवाहलाई बढाउन राष्ट्र बैंकलाई सुझावसमेत दिएका छन् । राष्ट्र बैंकमा निक्षेपका रूपमा जम्मा हुने सरकारको रकम बैंक तथा वित्तीय संस्थाहरूका खातामा स्थानान्तरण गरी तरलता व्यवस्थापन गर्नेलगायत पाँचबुँदे सुझाव उद्योग संगठनले दिएको छ । नेपाल उद्योग परिसंघले ब्याज वृद्धिको कारणले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्योगीहरूलाई समस्यामा पार्ने काम भएको निकर्ष निकालेको छ । बैंकको ब्याजदरलाई एकल अंकमा नबढ्ने गरी कायम गर्न र उत्पादन, पूर्वाधारजस्ता उद्योगमा लगानी गर्ने लगानीकर्तालाई असर नगर्ने गरी मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म ब्याजदर स्थिर राख्न आग्रहसमेत गरेको छ । राष्ट्र बैंकले त्रैमासिक समीक्षामार्फत तोकिएका वस्तुहरूको आयातमा एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा विलासिताका वस्तुहरूको आयातमा एकाधिकार हुनसक्ने थप आशंका परिसंघले गरेको छ । सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने पूँजीगत तथा विकास खर्च अत्यन्त न्यून भएकाले पनि बजारमा तरलता अभाव भएको ठकर गर्दै सार्वजनिक क्षेत्रबाट हुने विकास तथा पूँजीगत खर्चमा वृद्धि गर्ने व्यवस्था गरी नगद प्रवाह बढाउनुपर्ने ठहर परिसंघले गरेको छ ।

प्रदेश १ मा ज्वरोको औषधिको अभाव

धनकुटा । कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधिको अभाव भएको छ । धनकुटासहित प्रदेशभर एक सातादेखि सिटामोल अभाव भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश १ ले बताएको छ । सामान्यतया ज्वरो आउँदा र जीउ दुख्दा सेवन गरिने सिटामोल अहिले प्रदेश १ का अधिकांश जिल्लाका औषधि पसलमा पाउन कठिन भएको छ । औषधि पसलहरूले सिटामोल अभाव भएपछि सिटामोलले जस्तै काम गर्ने अन्य औषधि दिने गरेका छन् । देशभर कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । कोरोना संक्रमितलाई ज्वरो आउँदा उनीहरूले पनि सिटामोल प्रयोग गर्दछन् । तर फार्मेसीहरूमा सिटामोल नै नपाउँदा कोरोना संक्रमितसहित ज्वरोका अन्य बिरामी मारमा परेका छन् । औषधि किन्न जिल्ला अस्पताल अगाडिको फार्मेसीमा आएकी धनकुटा नगरपालिका–२ की ५५ वर्षीया गीता निरौलाले बजारका अधिकांश औषधि पसलमा खोज्दा पनि सिटामोल नपाएको गुनासो गरिन् । ‘ज्वरो आएर सिटामोल किन्न आएको, यहाँ वरिपरिका कुनै पनि औषधि पसलमा पाइएन,’ उनले भनिन् । धनकुटा अस्पताल अगाडिको साझा स्वास्थ्य सेवामा वैशाख ८ गतेदेखि नै सिटामोल सकिएको काउन्टर इन्चार्ज मदन लामिछानेले बताए । ‘१५ सय ट्याब्लेट आएको थियो, चार दिनमै सकियो,’ उनले भने, ‘सिटामोल तलैबाट आएको छैन, कहिले आउँछ पत्तो छैन ।’ स्थानीय सन्तोष मेडिकलमा पनि करीब २० दिन अघिदेखि नै सिटामोल सकिएको मेडिकलका डा. सत्यनारान यादबले बताए । ‘माग थेग्नै नसक्ने अवस्था छ, साता–दस दिनदेखि सिटामोल आएकै छैन, उपभोक्तालाई कसरी दिनु ?,’ उनले भने । अहिले जिल्लाभरकै औषधि पसलमा सिटामोल पाउन छोडेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले स्वीकार गरे । ‘फार्मेसीहरूले सिटामोल आएको छैन भन्छन्, के कारणले यस्तो भएको थाहै भएन,’ उनले भने । फार्मेसीहरूमा सिटामोल नपाइए पनि सरकारी स्वास्थ्य संस्थामा भने अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । नेपाल औषधि व्यवसायी संघ प्रदेश १ समिति उपाध्यक्ष रहेका विराटनगरको एपोलो फार्मेसीका सञ्चालक धनराज काफ्लेले मागका तुलनामा आपूर्ति नबढ्दा अभाव भएको बताए । अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेसीबाट फर्किने गरेको उनको भनाइ छ । ‘कोरोना संक्रमण दर बढेसँगै सिटामोलको माग बढेको हो । दुई साता अगाडिदेखि सिटामोल खोज्न आउनेहरू धेरै छन्,’ उनले भने, ‘होलसेलमा १०÷१२ दिनदेखि माग गर्दै आएका छौं, आपूर्ति नै छैन ।’ ‘बजार अनुगमन गर्दा पनि अभाव नै देखियो’ बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभाग विराटनगरले दुईओटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधि विक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा थोक विक्रेताहरूमै सिटामोल अभाव रहेकाले बजारमा अभाव हुनु स्वाभाविक भएको विभागको विराटनगर कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए । अनुगमनका क्रममा सिटामोलको चरम अभाव, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइड, जिंक चक्की, मिथाइल टेडमिसोलन र डिग्जामिथासोन पनि अभाव रहेको पाइएको उनले जानकारी दिए । बजारमा सिटामोल लगायत औषधि आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाइदिन विभागमा पत्राचार गरिसकेको उनले बताए ।

कचनकवलमा छैन परीक्षण किट र अक्सिजन सिलिन्डर, जाँच्न पनि अन्यत्र जाँदैछन् स्थानीय

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एन्टिजेन किट, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री अभाव भएको छ। पहिलो लहरमा कोरोना भाइरसको ‘हटस्पट’ बनेको जिल्लाकै कचनकवलमा यसपटक स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको हो। अहिले संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न त्यहाँका स्वास्थ्यकर्मीहरूले समस्या भोगिरहेका छन्‌।करिब दुई महिनाअघि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय झापामार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई १०० थान एन्टिजेन किट उपलब्ध गराएको थियो।

प्रदेश १ मा अक्सिजनको अभाव छैन

बिराटनगर । कोरोना संक्रमणको दर बढेसँगै अहिले अन्य प्रदेशका कोभिड विषेश अस्पतालमा अक्सिजनको चरम अभाव छ । गम्भीर प्रकारका संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभावले राजधानीसहित देशका विभिन्न अस्पतालमा बिरामीले अकालमा ज्यान गुमाउनु परेपछि सुनसरी र मोरङबाट अक्सिजन आपूर्ति हुन थालेको छ ।अक्सिजनको सहायतामा उपचार गर्नु...