म्यान्मारको सैन्य अदालतले नेत्री आङ सान सू चीलाई तीनवटा मुद्दामा दोषी ठहर गरी थप चार वर्षको कैद सजाय दिइएको छ ।
७६ वर्षीया नोबेल पुरस्कार विजेता सू चीलाई लगभग एक वर्षअघि सेनाले कू गरेपछि हिरासतमा लिइएको छ । उनीविरुद्ध लगभग एक दर्जन अभियोग छ । राजनीतिक प्रतिशोधका साथ उनीविरुद्ध मुद्दा लगाइएको आलोचकहरू बताउँछन् ।
उनलाई अनुमति नलिइकन वाकीटकी बोकेकोमा दुई वर्ष अनि कोरोनाभाइरस नियन्त्रण नियम तोडेकोमा अर्को दुई वर्षको कैद सजाय दिइएको हो ।
सू चीविरुद्ध लगाइएका सबै आरोप प्रमाणित भएमा १०० वर्षभन्दा बढीको कैद स...