म्यान्मारमा सोमवार सेनाले कू गरेर लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि अहिले संसारको ध्यानमा त्यहाँ केन्द्रित छ ।
देशको नाम म्यान्मार कसरी रहन गयो ? पहिला बर्मा भन्ने गरिन्थ्यो अहिले म्यान्मार भनिँदैछ, किन ?
यहाँ यिनै दुई शब्दको भाषिक राजनीतिका विषयमा चर्चा गरिनेछ ।
पहिला त बर्मा र म्यान्मारमा के फरक छ भनी बुझौं । यी दुवै खासमा एउटै शब्द हुन्, औपचारिक र अनौपचारिक भिन्नता मात्र हो ।
बर्मा शब्द बन्छ बमाबाट । म्यान्मार बन्छ म्यमाबाट । म्यमालाई बोलचालको भाषामा बमा भनिन्छ ।
म्यबाट ब कसरी...