म्यान्मार सेनाले भारतका विद्रोही समूहहरूलाई दियो आश्रय

म्यान्मार सेनाले भारतको उत्तरपूर्वी क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई म्यान्मारमा क्याम्प राख्ने अनुमति दिएको छ ।  ती विद्रोहीहरूले म्यान्मारमा सैन्य तालिम लिइरहेका छन् अनि चिनियाँ हतियारको बलमा मणिपुर र नागाल्यान्डमा हिंस्रक आक्रमण गराइरहेका छन् । भारतमा सक्रिय उग्रवादी संगठनहरूले म्यान्मार सेनाको गुनको पैंचो तिर्न म्यान्मारमा लोकतन्त्रसमर्थक मानिसहरूमाथि आक्रमण गरिरहेका छन् ।  भारतले म्यान्मारको सेनालाई सैन्य हतियारका साथै मानवीय सहायता पनि उपलब्ध गराइरहेको छ । तैपनि म्यान्मार सेनाले भारतको उत्तरपूर्वका उग्रवादीहरूलाई स...