कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थ