फागुन २३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
सानिमा इक्वीटी फण्ड, नेपाल ल्यूब आयल लिमिटेड, इमर्जिङ नेपाल, नबिल ब्यालेन्सड् फण्ड ३ र नबिल ब्यालेन्स फण्ड-२ को इकाईमा उच्च खरीद माग रहेको हो ।
यी ५ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सानिमा इक्विटी फण्डको २ लाख ३५ हजार २२५ इकाई खरीद माग रहेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको २ लाख २८ हजार ३३६ इकाई खरीद माग, इमर्जिङ्ग नेपालको १ लाख ८६ हजार १११ कित्ता, नबिल ब्यालेन्स फण्ड ३ को १ लाख ७७ हजार इकाई र नबिल ब्यालेन्सड्-फण्ड २ को १ लाख ६३ हजार ५० इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ११ दशमलव २६ अंक बढेर २ हजार ५५४ दशमलव ६५ विन्दुमा पुगेको छ भने कुल रू. १ अर्ब ५९ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।