भदौ ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् ।
समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘२१ औं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा बुधवारबाट नयाँ परिस्थिति बनेको बताए ।
उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको पनि बताए ।
अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले मार्क्सवाद बारे तीन थरी दृष्टिकोण देखिएको भन्दै पहिलोले मार्क्सवादको यान्त्रिकिकरण गरेर सोच्ने जडसुत्रवादी प्रवृत्ति, दोस्रोले मार्क्सवाद लाई त्याग्न खोज्ने वर्ग सङ्घर्ष होइन वर्गसमन्वयकोे प्रवृत्ति र तेस्रो चलायमान देखिएको मध्यपन्थी प्रवृित्त रहेको टिप्पणी गरे ।
अबको माक्र्सवादबारे रचनात्मक, सृजनानात्मक ढङ्गले विचार, विमर्श गरेर नयाँ विश्लेषण निकाल्न आवश्यक रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिए ।
कार्यक्रममा सङ्घीय समाजजादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुँजीवाद दिगो हुुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै तर विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताए। रासस