काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ६५ मतको अन्तर कायम राखेका छन्। इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा सञ्चारमन्त्री कार्कीले २७ हजार ६ सय ८५ मत हासिल गरेका छन्। त्यसैगरी, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २७ हजार ६ सय २० मत प्राप्त गरेका छन् […]