१८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ‘सम्पर्कविहीन’ भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद गर्ने नीतिगत निर्णयका कारण अरु मन्त्री र सचिवहरुसँगै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की पनि अनुसन्धानको दायरामा परेका थिए । ‘हामीले उहाँलाई केही साता अघिदेखि नै […]