अब शेयर बजारको लागि केही पनि नकारात्मक न्युज बाँकी छैन: अम्बिका पौडेल

शेयर विश्लेषक तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले अब शेयर बजारको लागि केही पनि नकारात्मक समाचार बाँकी नरहेको बताएका छन् । भोग्नु र सहनु पर्ने सबै कुरा भोगी सकिएको र सहि सकिएको भन्दै उनले अब बजारको लागि केही पनि नकारात्मक न्युज बाँकी छैन जस्तो लागेको बताएका हुन्। यस अघि नियामक निकायको विभिन्न नीतिका कारण बजार घटेको बताएका उनले अब भने नकारात्मक समाचार नरहेको बताएका हुन् । उनले सामाजिक संजालमा लेखेका छन् 'बजारको लागि अब केही पनि नकारात्मक न्युज बाँकी छैन जस्तो लागेको छ। भोग्नु र सहनु पर्ने सबै कुरा भोगी सक्यो सहिसक्यो । 'मलाई लागेको कुरा'' नेपाल राष्ट्र बैंकले ब्याजदर बारेको सर्कुलर जारी गरेको भोलिपल्ट उनको यस्तो अभिव्यक्ति आएको हो । बैंकहरुले आफु खुसी अधिक ब्याज दर निर्धारण गर्न थालेपछि नेपाल राष्ट्र बैंकले मंगलबार अबेर नयाँ निर्देशन जारी गरेको हो । जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्। यस अघि यस्तो सीमा नरहेको अब १० प्रतिशतको सीमा लगाईएको हो ।त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।२०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदर यी २ ब्यबस्था बमोजिम नभएको भए सो व्याजदरमा समेत संशोधन गरि कार्तिक ३ गते बुधवार भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो ब्याजदर कार्तिक ०५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।यस संगै अब अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशत भन्दा बढीले नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकले ब्याजदर घटाउनु पर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि यो निर्देशन जारी गरेको हो ।राष्ट्र बैंकको ब्याजदर समबन्धि यस निर्देशनले आज बजारमा सकारात्मक प्रभाव परेको छ ।

सम्बन्धित सामग्री

निजी क्षेत्रमाथि राज्यको प्रहार

देशको पछिल्लो आर्थिक अवस्थालाई हेर्दा विगत लामो समयदेखी कोभिड महामारीबाट थलिएको बजारलाई वस्तुगत रूपमा अध्ययन, अनुगमन तथा अनुसन्धान नगरी बजारको मूल्यांकन तथा हाम्रो जस्तो देशको अर्थतन्त्रका आधारहरूको अध्ययन नगरी राष्ट्र बैँकले जारी गरेको पछिल्लो मौद्रिक नीतिका कारण बजार, व्यवसाय, उद्योग सम्पूर्ण क्षेत्रमा नकारात्मक दवाव थेग्न नसक्ने अवस्थामा पुगेका आजको परिप्रेक्ष्यमा सम्बन्धित निकायहरुले अझैपनि समस्या समाधानतर्फ […]

दिगो निर्यातका लागि रणनीति आवश्यक

नेपालले आफ्नै मुलुकमा कच्चा पदार्थ पाइने वस्तुको उत्पादन तथा निर्यातमा ध्यान दिनु आवश्यक छ । नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान रहेको पाम आयलको कच्चा पदार्थमा इन्डोनेसियाले प्रतिबन्ध लगाएपछि चालू आर्थिक वर्षको बाँकी महिनामा निर्यात व्यापारमा नकारात्मक असर पर्न सक्ने आकलन रहेको छ । आफ्नो आन्तरिक बजारको मागलाई हेरेर इन्डोनेसियाले निर्यातमा प्रतिबन्ध लगाएको छ, जसबाट नेपालको […]

अर्थतन्त्र कति नकारात्मक ?

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गयो । हाम्रो देशको अर्थतन्त्रका महत्त्वपूर्ण आधारहरूमा वैदेशिक रोजगारी, वैदेशिक सहयोग, कृषि, पर्यटन, जलस्रोत आदि हुन् । यस वर्षको शुरूदेखि नै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा ठूलो कमी आयो । आर्थिक सूचकहरू नकारात्मक हुँदै जाँदा बजारमा समस्या देखा पर्‍यो । तरलताको अभाव, मूल्य वृद्धि, उत्पादनमा कमी, व्यापारघाटा बढ्दै जानु, रोजगारी सृजना गर्न नसक्नु, पर्यटन व्यवसाय सुस्ताउनुजस्ता कारणले थप समस्या सृजना भएको छ । उत्पादन घट्नुको कारणमा युवा विदेशिनु पनि एक हो । विप्रेषण कम हुनु र त्यसलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्नुले अपेक्षित लाभ लिन सकेका छैनौं । हाम्रो कृषि निर्वाहमुखी र परम्परागत हुँदा अपेक्षित फाइदा लिन सकिएको छैन । कृषिलाई सम्मानित र मर्यादित बनाउन नसक्दा थप समस्या सृजना भएको देखिन्छ । कृषि प्रधान देशमा मासिक करोडौंको खाद्यान्न आयात गरिरहेका छौं । कृषिलाई व्यवस्थित, व्यावसायिक, सम्मानित र मर्यादित बनाउने हो भने सर्वत्र सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि राज्यले विशेष ध्यान दिनुपर्छ । विशेष नीति र योजनाका साथ प्रभावकारी कदम चाल्न आवश्यक हुन्छ । पर्यटन व्यवसायमा पनि कोरोना प्रभावले थलिएको थियो जुन अब केही सुधारको बाटोमा जाँदै छ । हामीले पर्यटकको चाहनाअनुसारको सेवासुविधा प्रदान गर्न सकिरहेका छैनौं । हाम्रो अर्थतन्त्र जोखिमको बाटोमा गएकाले यसलाई रोक्न सरकारले २ दिन बिदा दिने, जोरबिजोर सवारीसाधन चलाउने, नयाँ सवारीसाधन किन्न हाललाई रोक्नेजस्ता उपायहरू अवलम्बन गर्न लागेको छ ।   रोजगारी भएमा मात्र आर्थिक वृद्धि र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । रोजगारीका अवसर सृजना गर्न सकेका छैनांै । ठूलो संख्यामा रोजगारी दिन सकिने भनेको उद्योग नै हो । तर, हामीले उद्योग स्थापना गर्नेतर्फ खासै ध्यान दिन सकेका छैनौं । १ दशक अगाडिसम्म हेटौंडा कपडा उद्योग नाफामा चलेको उद्योग थियो । आज त्यो बन्द भएको छ । त्यसै गरी डाल्डा घ्यू उद्योग, साबुन उद्योगलगायत उद्योग बन्द भएका छन् । नयाँ उद्योग स्थापना गर्नुपर्नेमा भएका उद्योगसमेत बन्द हुँदा यसलाई पुन: स्थापना गर्ने काम तदारुकताका साथ गर्नुपर्ने देखिन्छ । आज रोजगारीका लागि दैनिक १ हजार ५ सयदेखि १ हजार ७ सय युवा जनशक्ति विदेशिने गरेको तथ्यांकले देखाउँछ । रोजगारीका लागि महत्त्वपूर्ण क्षेत्र भनेको उद्योग नै हो । यदि इच्छाशक्ति हुने हो भने उद्योग स्थापना गर्न नसकिने पनि होइन । उद्योगमा लगानी गर्न सञ्चय कोष, नागरिक लगानी कोष, सेनाको कोषलगायत विभिन्न स्रोत जुटाउन सकिन्छ । हाम्रा नेता तथा देशका सञ्चालकहरूमा त्यो दृढता पनि पाइँदैन ।   हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गरेर त्यहाँबाट उत्पादित कपडा कर्मचारी, सेना, शिक्षक आदिले प्रयोग गर्ने हो भने निश्चित रूपमा नाफामा जान्छ । भृकुटी कागज कारखाना पुन: सञ्चालन गरेर त्यसबाट उत्पादित कागज सबै सरकारी कार्यालयले प्रयोग गर्ने हो भने सहजै नाफामा चलाउन सकिन्छ । देशमा कृषिमा आबद्ध हुनेहरूको संख्या क्रमश: घट्दै छ । यसर्थ युवालाई कृषिमा आकर्षण गर्न यसलाई व्यावसायिक, सम्मानित र मर्यादित बनाउने दिशामा काम गर्नुपर्ने देखिन्छ । कृषिका समस्या समाधानमा समेत विशेष ध्यान दिनुपर्ने खाँचो छ । कृषि ऋण सहजै नपाउनु, बजारको व्यवस्था नहुनु, भण्डारणको व्यवस्था नहुनु, उत्पादनले उचित मूल्य नपाउनु, रासायनिक मल नपाउनु, उन्नत जातको बीउ नपाउनुजस्ता दर्जनौं समस्या यस क्षेत्रमा छन्, यसको समाधान खोज्नु आवश्यक छ । हाल देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ । विप्रेषण बढाउने प्रभावकारी उपाय र तरलता अभाव कम गर्ने तरीका खोजी गर्नुपर्छ । देशमै उत्पादन बढाउन विशेष पहल गर्नु आवश्यक छ । पूँजीगत खर्च गर्न नसक्दा थप समस्या देखिएको छ, जसलाई समाधान गर्न विकासका कार्यलाई जोड दिनुपर्छ । विकास खर्च आर्थिक वर्षको अन्तिममा गर्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ । हाम्रो कमजोर अर्थतन्त्रलाई बलियो बनाउन सरोकारवाला सबै गम्भीर हुन जरुरी छ । सरकारले आर्थिक सुशासन कायम राख्न विशेष चासोका साथ काम गर्नुपर्छ । अनावश्यक खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । मितव्ययी बनेर राज्यको ढुकुटी बलियो बनाउनुपर्छ । स्थानीय तहमा जथाभावी खर्च गर्ने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्छ । वडा अध्यक्षदेखि सदस्यहरूले समेत गाडी किन्ने, महँगा बाइक प्रयोग गर्ने, नागरिकलाई जथाभावी करको भारी बोकाउनेजस्ता कार्य बन्द गर्नुपर्छ । करोडको सवारीसाधन १/२ लाखमा मर्मत गरेर चलाउन छाडेर पुन: नयाँ किनेर कमिशन तथा सुविधाभोगी बन्ने गलत शैली देखिन्छ, त्यसको पनि अन्त्य गरिनुपर्छ । नागरिकले तिरेको करको सही उपयोग हुने वातावरण बनाउनुपर्छ । महँगीले आम नागरिकलाई ठूलो समस्या परिरहेको छ । बजार नियन्त्रण गर्ने प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्छ । बजारको अनुगमन फितलो हुँदा उपभोक्ता मारमा परिरहेका छन् । कमजोर अर्थतन्त्रलाई बलियो बनाउन हरेक उपायको अवलम्बन गर्नुपर्छ । सुशासन, मितव्ययिता, पारदर्शिता, आर्थिक अनुशासनजस्ता पक्षमा विशेष ध्यान दिनुपर्छ । अझै पनि समय बितिसकेको छैन । बेलैमा सजग भएर अगाडि बढ्ने हो भने अवश्य सफलता प्राप्त गर्न सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

पाँच प्रतिशतले घटेपछि शेयर कारोबार बन्द !

काठमाण्डाै - पाँच प्रतिशतले घटेपछि शेयर बजारको कारोबार बन्द भएको छ । बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अङ्क अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  आज कारोबार भएका दुई सय १५ वटा कम्पनीमध्ये सनराइज बैंक डीबेञ्जर, सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, नविल सम्बृद्धि फण्ड र सिटिजन म्युचुअल फण्डबाहेक सबै कम्पनीको शेयर घटेको छ ।बजार बन्द हुनुअघि ४० वटा कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर कारोबार फेरि सुरु

काठमाण्डाै – पाँच प्रतिशतले घटेपछि बन्द भएको शेयर बजारको कारोबार फेरि सुरु भएको छ । बजार खुलेको २ घण्टामै नेप्से एक सय ४७ अंक अर्थात पाँच प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । पाँच प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको थियो । एकपटक बन्द भएर फेरि खुलेको बजारमा सामान्य सुधार भइरहेको छ ।

मौद्रिक नीतिमा अर्थ समितिको १७ बुँदे सुझाव

काठमाडौं, साउन २४। पूँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीतिगत प्रबन्ध गर्नदेखि विलासिताका वस्तुको आयात रोक्नेसम्मको कदम आगामी मौद्रिक नीतिमार्फत चाल्न प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले राष्ट्र बैंकलाई सुझाएको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकलाई हालै १७ बुँदे सुझाव दिँदै संघीय संसद्को अर्थ समितिले शेयरबजारलाई नकारात्मक असर नपर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति […]