'नकारात्मक कुरा सकिएकोले अब बजारले नयाँ रेकर्ड बनाउछ', 'विस्तारै बढे भि आकारको रिकभरी सम्भव'

सोमबार शेयर बजार परिसूचक नेप्से ८७.६३ अंकले बढेर २६७२.२५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् भने डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । शेयर विश्लेषकहरु अब भने बजारले फेरी नयाँ उचाई लिने बताउछन् । नेपाल इन्भेष्टर फोरममा निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बजारमा आएका सबै नकारात्मक कुरा सकिएकोले अब बजारले फेरी नयाँ उचाई लिने बताउछन् । लाभांश खाने सिजन सुरु भएको र यो शेयर बजारको बालीनाली भित्र्याउने बेला भएकोले अब बजार बढ्दो ट्रेण्डमा जाने उनको भनाई छ । त्यस्तै राष्ट्र बैंकले ब्याजदरमा केहि कन्ट्रोल गरिदिएको, मौद्रिक नीतिको समिक्षा आउने तयारीमा रहेको, शेयर धितो कर्जाको ४/१२ को सीमा परिमार्जन हुने सम्भावना देखिएको, सरकारलाई पनि ब्याजदर बढ्न नदिन दबाब रहेको, लगायतको कारण बजार अब बिस्तारै सकारात्मक हुने उनी बताउछन् । बजारमा लागेर छोडेकाहरु पनि फेरी बजार प्रवेश गरेको तथा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले समेत शेयर खरिद गर्न थालेकोले अब बजारले फेरी नयाँ रेकर्ड बनाउने उनको अनुमान छ । त्यस्तै बिस्तारै भोल्युम बढ्दै गएर बजारमा २० अर्ब बढीको कारोबार देख्न सकिने उनको विश्वास छ । त्यस्तै अर्का एक शेयर विश्लेषक पनि अब बजारबाट नकारात्मक संचार सकिएको तथा सेलाएकोले अब बजार फेरी बढ्नुको विकल्प नभएको बताउछन् । अल टाइम हाइ पुगेको बजार निक्कै घटिसकेकोले अब बजार बढेर नयाँ उचाईमा पुग्ने उनको अनुमान छ । ब्रोकरहरुले र चतुर लगानीकर्ताहरुले शेयर खरिद गर्न लागिसकेकोले अब क्रमश बजार र भोल्युम पनि बढ्ने उनी बताउछन् । बजार भि (V) आकारमा रिकभर हुन सक्ने उनको अनुमान छ । यद्यपि आजको जस्तो वृद्धि नभई जसरी बजार बिस्तारै विस्तारै घटेको थियो , सोहि रफ्तारमा विस्तारै विस्तारै बढेमा , त्यस्तो वृद्धि बढी दिगो हुने उनको बुझाई छ ।

सम्बन्धित सामग्री

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

आइफोनमा स्क्रिन रेकर्ड कसरी गर्ने ?

१२ पुस, काठमाडौं। आइफोनमा यस्तो कामलाग्ने फिचर हुन्छ जसबाट प्रयोगकर्ताले आइफोनको स्क्रिन रेकर्ड गर्न सक्दछन् । यो फिचरको सहयोगले मात्र स्क्रिनमा केही ट्याप गर्दा आइफोनमा मनपर्ने क्लिपहरु रेकर्ड गर्न, आफ्ना मित्र तथा परिवारजनसँग आइफोनबाट केही कुरा शेयर गर्नेलगायतका विभिन्न काम गर्न सकिन्छ । आइफोनमा स्क्रिन रेकर्ड गर्ने विधि यस्तो छ :  Setting एप खोल्नुहोस्  त्यसपछि […]

आफ्नै रेकर्ड तोडेर छैठौं पटक गिनिज बुकमा दिनेश सुनार, अन्य ४ रेकर्ड प्रकृयामा

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । उनको यो छैठौं विश्व रेकर्ड हो । ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका छन् । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको हो । गत बर्ष […]

गीतकार डा. डीआर उपाध्यायकाे नाममा १०८ विश्व रेकर्ड

काठमाडौं: गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन्। ४ वर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन्। शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १०८ पुर्‍याएका हुन्। उपाध्यायले  एभरेस्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, द बृटिस वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वल्र्ड रेकर्ड जस्त

‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम चलचित्र उद्योगको रेकर्ड तोडेको हो। चलचित्रको...

निर्देशक शेर्पाले बनाए अर्को रेकर्ड

गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् ।  विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड शेर्पाले राखेका हुन् । शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको“ नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म“ मात्रै प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए, भने हालै त्य