नियामकको नकारात्मक मनोविज्ञानका कारण पूँजीबजारमा हचुवाको नीति आयो - पूर्व अर्थसचिव अधिकारी

पूर्व अर्थसचिव शंकर अधिकारीले नियामक निकायको नकारात्मक मनोविज्ञान र अज्ञानताका कारण पूँजीबजार असफल भएको टिप्पणी गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अधिकारीले यस्तो बताएका हुन् । 'पूँजीबजारको नियामकमा ज्ञानको कमी छ । पूँजीबजारमा गलत नीति ल्याइएको छ । अर्थतन्त्रमा २० प्रतिशत लेन्डिङ बढ्यो तर वृद्धि जम्मा ४ प्रतिशत मात्र भो । यसो हुँदा सरकारले चाहिँ लगानी उत्पादक क्षेत्रमा गएन भन्ने सोच्यो,' अधिकारीले भने । उनले नेपाल राष्ट्र बैंकले ४ र १२ को अनुपातको अध्ययन नै नगरेको आरोप लगाए । 'पूँजीबजारको नीति नीति हचुवामा आयो,' उनले भने, 'मार्केट बढ्यो भने नियामक चिन्तित हुन थाले । घट्दा चिन्तित भएनन् । अर्थमन्त्रालयमा पूँजीबजारको सिन नै आउँदैन । केही क्रिटिकल केस भयो भने मात्र छलफल हुन्छ ।'उनले बजारमा परिपक्वता नभएको बताए । बजारको प्राविधिक विश्लेषण पनि फेल भइसकेको उनको दाबी छ । 'मार्केटमा म्याचुरिटी छैन । अहिले टेक्निकल एनालाइसिस नै फेल भइसक्यो,' उनले भने, 'रेगुलेटरको नीति कै कारण टेक्निकल एनालाइसिस फेल भएको हो । केही मान्छेले कमायो भनेर सरकारमा बस्नेहरूको स्कूलिङ नै गलत भयो ।' अधिकारीले मार्केटलाई फेयर अपरेसन गर्न रेगुलेटरलाई सचेत गराउनुपर्ने बताए । यसो गर्दा समस्याहरू समाधान हुँदै जाने उनको भनाइ छ । 'पूँजीबजार तलमाथि हुने कुरा प्राकृतिक हो, यही नै यसको सुन्दरता हो,' उनले भने, 'तर नियामकको अज्ञानताका कारण मार्केट बढ्दा गलत नीति हचुवाको तालमा आयो । नियामक निकाय परिपक्क छैन । नकारात्मक मनोविज्ञान र अज्ञानताका कारण नियामक निकाय फेल भयो ।' 

सम्बन्धित सामग्री

जसरी पनि अर्थतन्त्रका चुनाैती समाधान गरिन्छ : अर्थसचिव पुष्कर

काठमाण्डौ – नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज बिहीवार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गर्नुभयो । ‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु’, पुष्करले भन्नुभयो, ‘राज्यका अगाडि देखिएका चुनौत...

अर्थसचिव मधु मरासिनी जगेडामा

काठमाडौं । नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई […] The post अर्थसचिव मधु मरासिनी जगेडामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अर्थमन्त्री शर्मासँगै विवादमा मुछिएका अर्थसचिव मधु बिदामा बसे

काठमाडाैँ- अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन्। उनले अर्थमन्त्री शर्मा रहुन्जेलसम्म उक्त जिम्मेवारीमा नफर्कने बताएका छन्। अर्थसचिव मरासिनीले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर बिदा स्वीकृति गराएका हुन्। यद्यपि उनकाे कति समयका लागि बिदा लिएकाे हाे, यस बारेमा अर्थ मन्त्रालय स्राेत केही बताएकाे छैन। गत १४ जेठकाे मध्यराति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश […]

अर्थसचिव मधुकुमार मरासिनी बिदामा

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनुभएको हो । हिजै मलाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो । आज बिदामा बस्नुभएको छ,’ उनले भने, ‘कहिलेसम्म बिदामा बस्नुभएको हो

अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मधुकुमार मरासिनी

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । बालुवाटार स्रोतका अनुसार मरासिनीले आज (बुधबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् मरासिनीले जनार्दन शर्मा मन्त्री रहुन्जेल […]

अर्थसचिव मरासिनी बिदामा

२२ असार, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी […]

नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव मरासिनीले लिए सपथ

काठमाडौं, २० साउन । आज नेपाल राष्ट्र बैंकको सञ्चालकको रुपमा अर्थसचिव मधुकुमार मरासिनीले सपथ लिएका छन् । मरासिनीलाई सर्बोच्च अदालतका न्यायाधिस तेजबहादुर केसीले सपथ खुवाएका हुन् । अर्थसचिव नेपाल राष्ट्र बैंकको पदेन सदस्य रहने व्यवस्था छ । निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको सरुवा प्रधानमन्त्री कार्यालयमा भएसँगै मरासनीले राष्ट्र बैंकको सञ्चालक पदमा आज सपथ लिएका हुन् ।

नवनियुक्त अर्थसचिव मरासिनीले गरे पदबहाली

काठमाडौ। नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। मरासिनी महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन। मन्त्रालयले यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई विदाई गरेको छ। ढुंगाना आगामी ६ महिनामा सेवा निवृत्त हुन लागेका छन्। अर्थ सचिवलाई मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यानमा दिएर काम गर्न निर्देशन दिए।

अर्थसचिव मरासिनीले गरे पदभार ग्रहण

काठमाडौं, साउन १८ । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले पद बहाली गर्नुभएको छ । अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको सोमबार पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभएको छ । मन्त्री शर्माले अबका दिनमा […]

अर्थसचिव मरासिनीले सम्हाले कार्यभार, ढुंगानाको बिदाइ

अर्थसचिव मधुकुमार मरासिनीले कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अर्थमन्त्रालयको जिम्मेवारी पाएका मरासिनीले सोमवार पदभार ग्रहण गरेका हुन् । यसैबीच निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई बिदाइ गरिएको छ । ढुंगानालाई मन्त्री जनार्दन शर्माले बिदाइ गरेका थिए । सचिव ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव भएका थिए । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजश्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका थिए ।  खतिवडाकै पालामा अर्थसचि...