१.७३ % घटेर २९६९.६९ विन्दुमा नेप्से, करीब डेढ दर्जन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

असार २, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव ७३ प्रतिशत घटेर बन्द भएको छ ।  यो दिन अघिल्लो कारोबार दिनको तुलनामा ५२ दशमलव ४१ अंकले नेप्से परिसूचक घटेर २ हजार ९६९ दशमलव ६९ विन्दुमा झरेको हो । २ हजार ९८९ दशमलव ५५ विन्दुदेखि खुलेको बुधवारको बजार २ हजार ९४३ दशमलव ९४ विन्दुसम्म झरेको थियो ।  मंगलवार नेपाल धितोपत्र बोर्डले ५१ ओटा कम्पनीहरुमा गरिएको लगानी जोखियुक्त भन्दै प्रेस विज्ञप्ति जारी गरेसँगै बुधवार आत्तिएर शेयर विक्री गर्नेहरु सक्रिय हुँदा बजारमा नकारात्मक असर परेको नेपाल इन्भेष्टर्स फोरममा अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए ।  नियामकको नियमन परिधिभन्दा बाहिर गएर धितोपत्र बोर्डले कम्पनीको नामनै तोकेर जोखिमयुक्त बताएपछि लगानीकर्तामा नकारात्मक सूचना प्रवाह भएको उनको भनाइ छ ।  बोर्डले लगानीकर्ताहरुलाई जोखिम बहन गर्ने क्षमतालाई ध्यानमा राखी लगानी गर्न सुसूचित गरेपनि तरिका गलत भएको रौनियारको भनाइ छ । विगत डेढ वर्षदेखिको बजारको अवस्थालाई अहिले आएर बोर्डकै कमजोरीका कारण असर पर्न थालेको पनि उनले बताए । बुधवारको बजारमा कारोबार रकमको उच्चता कायमै रहेकाले सोझासिधा लगानीकर्ताले शेयर बेचेको र बाठाले उठाएको अनुमानसमेत उनले गरेका छन् । बुधवार रू. १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । २१९ ओटा कम्पनीको १ लाख ६७ हजार ९३८ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर कारोबार भएको हो ।  कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन पनि नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । मंगलवारदेखिनै उक्त कम्पनीले सर्वाधिक कारोबार रकमको हिस्सा ओगट्दै आएको छ । पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ भने दोस्रोमा हिमालयन डिष्टिलरीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।  नेपाल पुनर्बीमाको रू. ६० करोड ९० लाख १२ हजार बराबरको र हिमालयन डिष्टिलरीको रू. ५५ करोड ५७ लाख ५३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गर्ने यी दुबै कम्पनीको शेयरमूल्य भने यो दिन घटेको छ ।  नेपाल पुनर्बीमाको ३ दशमलव ७३ प्रतिशत अर्थात् रू. ७२ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८५८ र हिमालयन डिष्टिलरीको ६ दशमलव शून्य ८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३४९ ले घटेर अन्तिम मूल्य रू. ५ हजार ३८९ कायम भएको छ । बुधवार लघुवित्त समूहको परिसूचक २ दशमलव ६३ प्रतिशतले बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ८ प्रतिशतले घटेको छ ।  त्यस्तै होटल्स तथा पर्यटन समूहको ५ दशमलव १४ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ४७ प्रतिशत, व्यापारिकको २ दशमलव ५४ प्रतिशत, विकास बैंकको ४ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ । त्यसैगरी जलविद्युतको ४ दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव १७ प्रतिशत, अन्यको २ दशमलव ९८ प्रतिशत, जीवन बीमाको २ दशमलव १८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १८ प्रतिशत र लगानी समूहको २ दशमलव ५४ प्रतिशतले परिसूचक घटेको छ । दोहोरो उच्च अंकले घटेको बुधवारको बजारमा सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य भने ९ दशमलव ९० प्रतिशत बढेको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६ ले बढेर अन्तिम मूल्य रू. ७३३ कायम भएको हो । यो दिन सर्वाधिक मूल्य वृद्धि हुने पाँच  ओटा कम्पनीभित्र सीईडीबी हाइड्रोपावरसँगै फष्र्ट माइक्रोफाइनान्स, युनियन हाइड्रोपावर, आरएसडिसी लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् । यो दिन फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव २० प्रतिशत, युनियन हाइड्रोको ६ दशमलव ४४ प्रतिशत, आरएसडिसी लघुवित्तको ५ दशमलव ६२ प्रतिशत र सामुदायिक लघुवित्तको ५ दशमलव २३ प्रतिशत शेयरमूल्य बढेको छ ।यस दिन करीब डेड दर्जन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यो दिन जोशी हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९ दशमलव ८८ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव ८५ प्रतिशत, बेष्ट फाइनान्सको ९ दशमलव ७८ प्रतिशत, पञ्चकन्यामाई हाइड्रोको ९ दशमलव ७६ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ७५ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९ दशमलव ७२ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९ दशमलव ७२ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७० प्रतिशतले घटेको छ ।  त्यसैगरी पोखरा फाइनान्सको ९ दशमलव ५८ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ५२ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ४१ प्रतिशत, पाँचथर पावरको ९ दशमलव २९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ दशमलव ११ प्रतिशत र सोल्टी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशतले घटेको हो । धितोपत्र बोर्डले मंगलवार सार्वजनिक गरेको ५१ ओटा कम्पनीहरु भित्रकै कम्पनीहरुको शेयरमूल्यमा बुधवार नकारात्मक सर्किट लागेको हो ।

सम्बन्धित सामग्री

शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बजार सामान्य बढ...

नेप्से परिसूचक घटे पनि कारोबार रकममा वृद्धि, डेढ अर्ब बराबरको शेयर किनबेच

वैशाख १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १९ दशमलव ९७ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ३५६ दशमलव २० विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्रको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर २८ हजार ९१२ पटकमा रू. १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ मा खरीदविक्री भएको छ । नेप्से परिसूचक घटेपनि अघिल्लो कारोबार दिनको तुलनामा भने बिहीवार कारोबार रकममा भने वृद्धि भएको छ । बुधवार रू. १ अर्ब ८ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । केही समय अगाडिदेखि वित्तीय क्षेत्रमा तरलता अभाव नै रहिरहेको छ, ब्याजदर पनि बढी नै छ । यसले गर्दा प्रत्यक्ष शेयर बजारमा नकारात्मक असर परेको देखिन्छ ।  यतिबेला अधिकांश कम्पनीहरुको शेयरमूल्य ५२ हप्ताको औषत मूल्यभन्दा तल्लो विन्दुमा रहेको छ । राम्रा राम्रा ब्लुचिप कम्पनीहरुको शेयरमूल्य ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ । तर यो अवस्थामा लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको प्राविधिक पक्ष र आधारभूत पक्ष हेर्न आवश्यक हुन्छ ।  योे दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १४२ दशमलव ६० कायम भएको छ । त्यसैगरी दोस्रोमा राधी विद्युत् कम्पनीको शेयरमूल्य ४ दशमलव १७ प्रतिशत बढेर रू.५७५ कायम भएको छ ।  त्यसैगरी यो दिन सबैभन्दा बढी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ दशमलव ९८ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३३८ मा झरेको हो । त्यसैगरी दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव ८३ प्रतिशत घटेर रू. १ हजार ८० कायम भएको छ ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्री आइएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ५ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४४ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरी रहेको छ । उक्त कम्पनीको रू. ५ करोड ३ लाख बराबरको शेयर खरीदविक्रिी भएको छ।

३६ अंक घटेर २३२०.५१ विन्दुमा झर्‍यो परिसूचक, किन घट्दै छ दिनहुँ बजार ?

वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ३६ दशमलव ७३ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ३२० दशमलव ५१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको ३५ लाख ७० हजार १४ कित्ता शेयरको ३२ हजार ५०६ पटकमा रू. १ अर्ब ४५ करोड ७ लाख ३७ हजार ७५५ दशमलव ४६ बराबरको शेयर खरीदविक्री भएको छ ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धिले शेयर बजारलाई निकै नै प्रभावित पारेको छ । मंगलवार भने बजार १३ अंकले बढेको थियो । तर बुधवार भने ३६ अंकले बजार घटेको छ ।  यस दिन धेरै कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसबाट पनि लगानीकर्ताको मनोबल परिवर्तन हुन सकेन । यसरी हेर्दा नियामक निकायले नै नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।  यसोत, शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको हरेक गतिविधि जस्तै खुद नाफा, जगेडा, प्रतिशेयर आम्दानीलगायतका आधारभूत पक्ष र प्राविधिक पक्षहरु राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।  यस दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सर्किट लागेको हो ।  जल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ६४५ दशमलव २० र ग्रीन भेन्चर्सको शेयरमूल्य प्रतिकित्ता रू. ३२८ पुगेको हो ।  त्यसैगरी, बुधवार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७१० दशमलव ३० मा झरेको छ ।  साथै यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री पनि भएको छ । कम्पनीको रू. १४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी, दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

मंसिर २७, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये जोशी हाइड्रोपावरको धितोपत्रमा नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २८६ दशमलव २० मा झरेको छ । बजार घटेसँगै कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । जोशी हाइड्रोपावरसँगै स्वाभिमान लघुवित्तको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत,खानीखोला हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशतले घटेको छ ।  उक्त अवधिसम्ममा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा  ८५ दशमलव शून्य ९ अंकले घटेर २ हजार २७६ दशलमव १५ विन्दुमा झरेको छ ।

बढ्यो नेप्से परिसूचक, ५ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

भदौ २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ३ दशमलव ९० प्रतिशतले बढेको छ । घटेर कारोबार शुरु भएको बजार अपरान्ह १ : ३० बजेपछि बढ्न शुरु गरेको हो । यो समाचार तयार पार्दाको समय अपरान्ह २ :१४ बजेसम्ममा नेप्से परिसूचक  ३ दशमलव ९० प्रतिशत अर्थात् ११० दशमलव शून्य ५ अंकले बढेको छ ।    अर्थमन्त्री जनार्दन शर्मासँग सोमवार भएको टेलिफोन वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता गरेलगत्तै शेयरबजार बढ्न थालेको हो । उक्त अवधिसम्ममा एचआईडीसीएललगायतका पाँच ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ भने सानिमा लाइफ इन्स्योरेन्सलगायत नौ ओटा कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।  आइतवार शेयर बजार नकारात्मक सर्किटपछि सुधारिएर २ हजार ८१८ दशमलव ७२ विन्दुमा बन्द भएको थियो । बजार घट्दा लगानीकर्ता आत्तिएका थिए ।

५.०३ % ले बजार घटेपछि नेप्सेले स्थगित गर्‍यो कारोबार

भदौ २०, काठमाडौं । साताको पहिलो कारोबार दिन ५ दशमलव शून्य ३ प्रतिशतले  बजार घटेपछि कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बजार घटेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरेको छ । यो दिन  नेप्से परिसूचक २७७९ दशमलव ६८ मा विन्दुमा झरेको हो । दुई घण्टाको अवधिमा बजार ५ दशमलव शून्य ३ प्रतिशत घटेसँगै अव बजार ४० मिनेटका लागि स्थगित भएको हो । उक्त अवधिमा कारोबारमा २१५ ओटा कम्पनीमध्ये ६० ओटा कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेबलमा घटेको छ भने सो अवधिमा  रू. ७ अर्ब १९ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।  पछिल्लो एक वर्षको अवधिमा यो दोस्रो पटक नकारात्मक सर्किट लागेको लगानीकर्ताहरुले बताएका छन् ।

७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, नेप्से २ हजार विन्दुमाथि

काठमाण्डौ – आइतबार (हिजो) नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समयअघि नै कारोबार बन्द भएको शेयर बजार सोमबार भने झण्डै ७२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो ।  सोमबार जीवन बीमा समूहको शेयर ६ सय ९८ अङ्कले, न...