कांग्रेस गण्डकी अधिवेशन: सभापतिमा दुई जनाको उम्मेदवारी (कुन पदमा कति आकांक्षी)
नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ […]
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
गण्डकी । नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पोखरामा आज उम्मेदवारी घोषणा गर्दै उहाँले गण्डकी प्रदेशमा पार्टी सङ्गठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको बताउनुभयो । कांग्रेसको अधिवेशन केवल पार्टीका लागि मात्र नभई नेपालको राष्ट्रियतालाई बलियो […]
न्युज अफ नेपाल, कास्की । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कांग्रेसको गण्डकी प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमवार पोखरामा आयोजित एक समारोहकाबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी संगठनमा गरेको कृयाशीलतालाई व्यवहारमा उतार्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै कांग्रेसलाई बलियो र जनताको सेवा गर्ने पार्टी बनाउनका लागि आफूलेगण्डकी प्रदेश सभापतिमा […]
गण्डकी, १३ मङ्सिर: नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए । पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर […]
पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर
कास्की (अस) । गण्डकी प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका सांसद शाहीलाई मंगलवार समितिको सभापतिमा चयन गरिएको हो ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीविरुद्ध उम्मेदवारी दिएका थिए । विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत रूपमा सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त थियो । शाही यसअघि प्रदेश सार्वजनिक लेखा समिति सदस्य थिए । गण्डकी प्रदेश सभाको असार ३० गते बसेको बैठकले शाहीलाई प्रदेश मामिला समिति सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । प्रदेशसभामा जनमोर्चाका तीन सांसदमध्ये कृष्ण थापा पदमुक्त भएका छन भने शाही र पियारी थापा मात्र सांसद छन् । गण्डकीको प्रदेश मामिला समितिमा रहेका १३ जना सदस्यमध्ये ६ जना एमालेका र बाँकी ७ जना अन्य पार्टीका सदस्य छन् ।
गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेका सांसद शाही मंगलबार समितिको सभापतिमा चयन भएका हुन् । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।