कांग्रेस गण्डकी प्रदेश : सभापतिमा पर्वतका अर्जुन र कास्कीका शुक्रराजबीच प्रतिस्पर्धा

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिका लागि पर्वतका अर्जुनप्रसाद जोशी र कास्कीका शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ।शुक्रवार मनोनयन दर्ताका क्रममा सभापतिका लागि देउवा–सिटौला समूहबाट जोशी र पौडेल–कोइराला समूहबाट शर्मा चुनावी प्रतिस्पर्धामा जाने भएका हुन्।संस्थापन पक्षबाट सुरुबाट नै जोशी एकल उम्मेदवारका रूपमा देखिएर उम्मेदवारी घोषणा गरेको भए पनि संस्थापनइतर समूहबाट लामो मिहिनेतपछि शर्मा उम्मेदवार बन्ने टुङ्गो लागेको हो।इतर समूहबाट कास्क

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सम्पन्न

पोखरामा गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सकिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बुधबार मध्यरातबाट चालू अधिवेशन अन्त्य गरेसँगै गण्डकी प्रदेश सभाको अन्तिम अधिवेशन सकिएको हो ।  पूरा अवधिभर सभाले ५९ विधेयक...

गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने

पोखरा : गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने निर्णय गरेको छ। आज प्रदेश स्थापनाको चौँथो वार्षिकोत्सव समारोहमा प्रदेश सरकारले सो निर्णय सार्वजनिक गरेको हो। समारोहमा घोषणा गर्दै प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले म्याग्दीका पुनलाई गण्डकी रन्तबाट सम्मानित गर्ने बताएका हुन्। मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिबाट…

‘गण्डकी रत्न’ बाट सम्मानितको हैसियत प्रदेश सांसद बराबर

गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक रुपमा तीनजनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो।...

गण्डकी साक्षर प्रदेश घोषित

२४ असोज, पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा […]

गण्डकी अब साक्षर प्रदेश

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो।...

दलहन र तेलहन बाहेक अन्यमा गण्डकी प्रदेश सबल

खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल देखिएको छ । गण्डकी प्रदेशका कृषि तथा पशु महाशाखा प्रमुख निलकण्ठ पौडेलले खाद्य वस्तुको उपलब्धताका आधारमा गण्डकी प्रदेश दलहन र तेलहनबाहेक अन्यमा सबल रहेको जानकारी दिए ।...

गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त गरेकी थिइन्। संविधानको धारा १६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि […]

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। सरकारले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ।

‘गण्डकी प्रदेश सरकार भ्रष्टाचारमा डुब्यो’

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।