गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेका सांसद शाही मंगलबार समितिको सभापतिमा चयन भएका हुन् । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।