कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्यवृद्धि, पूँजीको समस्या र करलगायतका कारणले इँटा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई वर्षदेखि बन्द भएका सप्तरी इँटा व्यवसायी सङ्घले जनाएको छ ।

सम्बन्धित सामग्री

सिजनमै सुनसान इँटा उद्योग

विगतका वर्षमा पुस लाग्नासाथ यहाँका इँटा व्यवसायी उत्पादनको तयारीमा जुटिसक्थे । व्यवसायीलाई यति बेला कामदार खोज्ने, माटो, भस्कट, कोइला, दाउरा, डिजेललगायत कच्चा पदार्थ तथा इन्धन र आर्थिक कारोबारका लागि बैंक प्रक्रिया अगाडि बढाउनेलगायतका व्यवस्थापन मिलाउने चटारो हुन्थ्यो ।

इँटा उद्योगमा स्वदेशी कामदार

इँटा उद्योगमा बाल श्रमिक मुक्त गराउन र स्वदेशीलाई रोजगारी सिर्जना गर्न नेपाल इँटा उद्योग महासंघले विशेष योजना सञ्चालनको तयारी थालेको जनाएको छ । भैरहवामा हालै सम्पन्न महासंघको पाँचौं राष्ट्रिय अधिवेशन तथा १३ औं वार्षिक साधारणसभाबाट उक्त योजना सञ्चालनमा ल्याउने प्रस्ताव पारित गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष शंकरबहादुर चन्दले बताए ।

उत्पादनको हबमै धमाधम बन्द हुँदै इँटा उद्योग

बारा र पर्सा आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ ।  यो क्षेत्रका इँटा उद्योगले देखको अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् ।  तर कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् ।  कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग भन्द भइसकेका छन् ।  भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूरले काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । आर्...

इँटा उद्योगमा कोरोना कहर : उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग

वीरगञ्ज (अस) । बारा र पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूर काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । इँटा व्यवयासी संघ बारा र पर्साका अनुसार कोरोना महामारी शुरू भएपछि आफ्नो घर गएका मजदूर फर्किएका छैनन् । बारम्बारको कोरोना लहरले मजदूर नपाएपछि ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् । कोभिडको पहिलो लहरमा सामान्य असर देखिएकोमा दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा उद्योग बन्द हुने क्रम बढ्दै गएको हो । अधिकांश यस्ता उद्योगमा भारतीय कामदार कार्यरत रहेको र कोरोनाका कारण मजदूर आपूर्ति हुन नसकेपछि उत्पादन नै बन्द गर्नु परेको संघका अध्यक्ष रामप्रकाश यादवले बताउँछन् । बारा र पर्सामा करीब २ सयको हाराहारीमा यस्ता उद्योग रहेकोमा अहिले १५० जति सञ्चालनमा रहेको अनुमान यादवको छ । इँटा उद्योग सञ्चालन हुन  नसक्दा यी उद्योगमा भएको करीब २ अर्ब रुपैयाँबराबरको लगानी जोखिममा परेको सञ्चालकहरूले बताएका छन् । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी हुने अनुमान उनीहरूको छ । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्ता उद्योगमा अधिकांश भारतीय कामदार छन् । ‘कोरोना शुरू भएपछि भारत गएका मजदूर नफर्किएपछि उद्योग सञ्चालनमा समस्या भयो । पटकपटकको कोरोना लहरले उद्योगमा मजदूर अभाव भएको छ,’ एक उद्योगीले भने । सामान्यतया एउटा उद्योगले वर्षमा ६ पटकसम्म इँटा उत्पादन गर्दछन् । एक पटकमा ५ लाखदेखि ७ लाखसम्म इँटा उत्पादन हुने उद्योगी बताउँछन् । एउटा उद्योगमा १५० देखि २०० सम्म कामदारको खाँचो पर्दछ । सञ्चालनमा रहेका उद्योगले पनि न्यून जनशक्तिमा काम चलाइरहेको बताएका छन् । केही दिनदेखि पूर्वी नेपालका कामदार आएको र त्यसैको बलमा डेढ सयजति उद्योग सञ्चालनमा आएको यादवले बताए । कामदार अभाव भएपछि इँटाको लागत बढेको गुनासो उद्यमीहरूले गरेका छन् ।

इँटा उद्योगमा काम गर्ने कामदार महिलाको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदारको मृत्यु भएको छ  । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन् ।उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, इँटा उद्योग

कोरोनायता दुई सयभन्दा बढी इँटा उद्योग बन्द

'भारतबाट कामदार ल्याउन समस्या भयो। अलिअलि खुलेका थिए, यसपालि पनि सिजन छँदै बन्द भयो। फेरि व्यवसायमा फर्किन गाह्रो छ।'

https://www.onlinekhabar.com/2020/04/853699

३० चैत, जनकपुरधाम । लकडाउनको समयमा पनि धनुषाको एक इँटा उद्योग भने पहिला जस्तै संचालनमा छ । शहीद नगरपालिका ९ स्थित गोपाल इँटा उद्योगमा हिजोआज पनि झण्डै चार सय कामदार काम गरिरहेका छन् । यहाँ काम गर्ने …

हामीलाई कसैले घर पुर्‍याइदिए हुन्थ्यो

धादिङ : धादिङका विभिन्न स्थानमा रहेका इँटा उद्योगका कामदार खर्च अभावले भोकै पर्न थालेका छन्।  कोरोना भाइरसबाट बच्न सरकारले देशैभर लागू गरेको लकडाउनपछि जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भए पनि मजदुरहरु घर फर्कन सकेका छैनन्। उद्योग खुल्ने दिन अनिश्चित भएका कारण र खर्च अभावका उनीहरुको बिचल्ली भएको छ।  क...

कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द

लहान । दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण

धराशायी हुने अवस्थामा इँटा उद्योग

“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।