इँटा उद्योगमा बाल श्रमिक मुक्त गराउन र स्वदेशीलाई रोजगारी सिर्जना गर्न नेपाल इँटा उद्योग महासंघले विशेष योजना सञ्चालनको तयारी थालेको जनाएको छ । भैरहवामा हालै सम्पन्न महासंघको पाँचौं राष्ट्रिय अधिवेशन तथा १३ औं वार्षिक साधारणसभाबाट उक्त योजना सञ्चालनमा ल्याउने प्रस्ताव पारित गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष शंकरबहादुर चन्दले बताए ।