आकर्षक गन्तव्य मानिएको इजरायलमा अहिले एक हजार जनालाई रोजगारीको अवसर आएको छ । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार, इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको काम गर्न बैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । अनमी, सीएमए वा केयर गिभिङको तालिम लिएकाहरुले यो काममा लागि निवेदन दिन पाउँछन् । सरकारी तवर बाटै श्रमिकहरू जाने भएकाले काम र कार्यस्थलका हिसाबले नेपालीको मुख्य श्रम गन्तव्य देशको तुलनामा इजरायलको रोजगारी सुरक्षित र आकर्षक छ । मासिक कमाइ पनि राम्रो छ । इजरायलको श्रम बजारमा नेपाली श्रमिकले गर्नु पर्...