काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाख