इजरायलमा कामदार पठाउन जारी भयो निर्देशिका

इजरायलमा सुसारे (केयरगिभर)का लागि नेपाली श्रमिक पठाउने निर्देशिका जारी भएको छ । यससँगै नेपाली श्रमिक इजरायल जानेको बाटो खुलेको छ । निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको हो । नेपाल–इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउन सम्झौता भएअनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिक पठाउने तयारी गरिएको छ । जारी निर्देशिकामा व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैँले बेहोनुपर्ने उल्लेख छ तर नेपाल र इजरायल सरकारब...