काठमाडौं : रुसले युक्रेनको एक रेल स्टेशनमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको युक्रेनी अधिकारीहरुले जनाएका छन्। पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ। अधिकारीहरुका अनुसार त्यहाँ चारवटा गाडी जलेका छन् भने हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन रेल स्टेशनमा मिसाइल आक्रमण भएको हो। युक्रनेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्क