युक्रेनी अधिकारीहरुले रसियाको मिसाइल आक्रमणबाट २१ जनाको मृत्यु भएको बताएका छन्। ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित २१ जनाको मृत्यु भएको युक्रेनको ‘डिएसएनएस’ आपतकालीन सेवाले जनाएको हो।
सेरहिभकास्थित एक गाउँमा १६ जनाको र एक होलिडे रिसोर्टमा पाँचजनाको मृत्यु भएको हो। रसियाले केहीदिनदेखि युक्रेनी शहरमा मिसाइल आक्रमण गरिरहेको अधिकारीहरुले बताएका छन्।…