रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन्। युक्रेनले यीमध्ये ६० वटालाई रोकेको दाबी गरेको छ।आक्रमणका कारण ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ। युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकले राजधानी किभका धेरै भागमा आपतकालीन बिजुली कटौती गरिएको भने खार्किभ र