पर्सामा जारी निषेधाज्ञाको अवधि एक सातासम्मका लागि लम्ब्याइने भएको छ । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।कोरोना संक्रमणको दोश्रो लहरसँगै पर्सामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा निषेधाज्ञाले सकारात्मक प्रभाव परेको ठहर गर्दै जेठ १३ राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे जानकारी दिए ।