आईटी स्टील स्टक्चर सोलुसनकी प्रबन्ध निर्देशक सोनाली गुरुङले बैंकको ब्याजदर ७ देखि ८ प्रतिशत हुँदा लिएको ऋणको ब्याज हाल १६-१७ प्रतिशतसम्म तिरिरहेको बताइन् । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रममा ‘अर्थतन्त्रका अवरोध’ विषयमाथि बोल्दै उनले बैंकको ब्याजदर बढ्दा सुरु गरिएको प्रोजेक्टहरु फेलिएर भइरहेको बताइन् ।