सेना र सशस्त्रको नामबाट ८० व्यवसायीको लाखौँ ठग्‍ने पक्राउ

भद्रपुर : कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए...

सम्बन्धित सामग्री

हतियारसहित एक जना पक्राउ

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीको गस्ती टोलीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। टोलीले बर्दिया जिल्ला, बाँसगढी नगरपालिका–८ स्थित बनगाइँ इलाकाबाट लुकाई राखेको अवस्थामा बुधबार पक्राउ गरेको हाे । टाेलीका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्‍जको कार्यालयमा बुझाइएको छ।

बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ

नेपालगञ्ज- बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ परेका छन्। बाँके राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा-१३ स्थित भरैया इलाकाबाट दुई शिकारी पक्राउ गरेकाे हाे। अवैध शिकार गरिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई दुई भरुवा बन्दुकसहित कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाइएको छ।

बहाल कर बुझाउन सेना र प्रहरीलाई बालेनले पठाए पत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेका छन्। सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दियो। कोरोना भएपछि अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडियो। पाँचदिने नेपाल भ्रमण सकेर भारतीय सेनाप्रमुख मनोज पाण्डे स्वदेश फर्किए।

चित्तलको मासुसहित सिकारी पक्राउ

काठमाडौँ – कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ। श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरिएको हो। पक्राउपश्चात् निजलाई सोधपुछ गर्ने क्रममा उक्त अवैध गतिविधिमा अन्य सिकारीको पनि संलग्नता रहेको पाइएकोले प्राप्त जानकारीका आधारमा संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा […]

सामाजिक सञ्जालमा सेना प्रमुखलाई अपमान गर्ने इमरान खानका कार्यकर्ता पक्राउ

काठमाडौं– पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) मा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ । सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएर जथाभावी लेखेको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको भारतीय समाचार संस्था […]

रेडपाण्डाको छालासहित सेना र प्रहरीका कर्मचारी पक्राउ

१३ पुस, काठमाडौं । प्रहरीको महानगरीय अपराध महाशाखाले दुलर्भ वन्यजन्तु रेडपाण्डाको छालासहित नेपाली सेना र नेपाल प्रहरीका तीन कर्मचारीलाई पक्राउ गरेको छ । एक जना सर्वसाधारण पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेनाका हवल्दार निरबहादुर घले, प्रहरीका कार्यालय सहयोगी (प्रकाश) मोहन कर्ण कार्की, कृष्ण तामाङ र सर्वसाधारण सुरेश गिरी छन् । अपराध महाशाखाका प्रमुख […]

म्यानमारमा अभियन्ता जिमी पक्राउ

एजेन्सी । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् । म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले […]

सुनचाँदी पसल लुटपाटमा पूर्वनेपाली सेना र पूर्वमाओवादी लडाकु संलग्न

मोरङ प्रहरीले लुटपाटका घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरूको साथबाट प्रहरीले अत्याधुनिक हातहतियारसमेत बरामद गरेको छ । पक्राउ पर्नेमध्ये एकजना पूर्वनेपाली सेना र एकजना पूर्वमाओवादी लडाकु रहेको मोरङ प्रहरीले जनाएको छ । गएको साउन १ गते मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हातहतियारसहित लुटपाट गर्न पुगे पनि उनीहरू असफल भएका […]

बंगलादेशमा सर्वसाधारणले लकडाउन अवज्ञा गरेपछि सेना परिचालन

एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका लागि लकडाउन घोषणा गरिएको हो । सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गर्ने क्रममा सेनाले लकडाउन उलंघन गर्ने २ सय भन्दा बढीलाइ पक्राउ गरि कारबाही प्रक्रिया […]