म पीके क्याम्पस, बागबजारमा मनोविज्ञान विषयकी विद्यार्थी हुँ । समयमा नै क्लासमा पुग्नुपर्ने हुनाले बिहान सधैं हतार हुन्छ मलाई । त्यो दिन पनि अलि हतारमा थिएँ । मेरो पछिल्तिर रहेका एक हुल केटीहरु आक्रोशमा कुरा गरिरहेका थिए । ‘त्यस्तालाई त काटिदिनु पर्ने, मारिदिनु पर्ने, अनि बल्ल थाहा हुन्थ्यो,’ भन्दै थिए । एकाबिहानै के कुराले यस्तो आक्रोश पैदा गर्यो होला यिनीहरुलाई ? भन्ने जिज्ञासाले फटाफट लम्किरहेका मेरा पाईला अचानक सुस्त भए । उनीहरुको कुरा बुझ्न समय लागेन । काठमाडौंको गोंगब