काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रेमनारायण भुसालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकलाई साहित्यकार तथा समालोचक भुसालले गद्य आख्यान विभागको अनुसन्धान कार्यक्रम अन्तर्गत तयार पारेका हुन् । लेखकले यस पुस्तकका चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई समेत प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको बताएका छन् । परम्परागत […]