मेयर तथा उपमेयरलाई मन्त्री चौधरीले भने–एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस्

सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नवनियुक्त मेयर तथा उपमेयरहरुलाई सचेत गराएका छन् ।नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने, ‘खासगरी २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काँग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरू जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।’ नेपाल सरकार मन्त्रिपरिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ५३ बमोजिम सं